देविरामले देखाएको बाटो
कक्षा ७ पाठ : १ तलका प्रश्नको उत्तर लेख : क) देवीरामको घरायसी अवस्था कस्तो थियो ? उत्तर : देवीरामको घरायसी अवस्था कम्जोर थियो । ख) काठमाडौंमा देवीरामको दिनचर्या कसरी बित्थ्यो ? उत्तर : काठमाडौंमा देवीरामको दिनचर्या सडकमा डुलेर, साथीहरूसंग विभिन्न ठाँउमा खानेकुरा खोजेर, खानेकुरा मागेर, मन्दिरको पेटीमा सुतेर बित्थ्यो । ग) देवीरामको सानैदेखि कस्तो विचार थियो ? उत्तर : देवीरामको सानैदेखि धेरै पैसा कमाई ठूलो होटेल सन्चालन गर्ने तथा स्वास्थ्य संस्था खोलेर ग्रामीण भेगका जनताको सेवा गर्ने जस्ता विचारहरु थियो । घ) देवीरामका असल काम र व्यवहार के के हुन् ? विवरण तयार पार । उत्तर : देवीरामका असल काम र व्यवहारहरू यस प्रकार छन् : १. ग्रामीण भेगमा स्वास्थ्य संस्था खोलेको २. सडकका बालबालिकालाई भेला गरि खानेकुरा, कपडा र सरसफाइका सामाग्री बाडेको ३. ग्रामीण भेगका जनताका जिवनस्तर उकास्ने बिचार ४. विगत नबिर्सी विगतबाट केही कुराको सिक लिने ५. आफुलाई जस्तै दुख अरुलाई पनि पर्छ भन्ने सोच आदि । ङ) देवीरामको जस्तो चरित्र निर्माण गर्न हामिले के गर्नुपर्छ ? लेख । उत्...