देविरामले देखाएको बाटो
कक्षा ७
पाठ : १
तलका प्रश्नको उत्तर लेख :
क) देवीरामको घरायसी अवस्था कस्तो थियो ?
उत्तर : देवीरामको घरायसी अवस्था कम्जोर थियो ।
ख) काठमाडौंमा देवीरामको दिनचर्या कसरी बित्थ्यो ?
उत्तर : काठमाडौंमा देवीरामको दिनचर्या सडकमा डुलेर, साथीहरूसंग विभिन्न ठाँउमा खानेकुरा खोजेर, खानेकुरा मागेर, मन्दिरको पेटीमा सुतेर बित्थ्यो ।
ग) देवीरामको सानैदेखि कस्तो विचार थियो ?
उत्तर : देवीरामको सानैदेखि धेरै पैसा कमाई ठूलो होटेल सन्चालन गर्ने तथा स्वास्थ्य संस्था खोलेर ग्रामीण भेगका जनताको सेवा गर्ने जस्ता विचारहरु थियो ।
घ) देवीरामका असल काम र व्यवहार के के हुन् ? विवरण तयार पार ।
उत्तर : देवीरामका असल काम र व्यवहारहरू यस प्रकार छन् :
१. ग्रामीण भेगमा स्वास्थ्य संस्था खोलेको
२. सडकका बालबालिकालाई भेला गरि खानेकुरा, कपडा र सरसफाइका सामाग्री बाडेको
३. ग्रामीण भेगका जनताका जिवनस्तर उकास्ने बिचार
४. विगत नबिर्सी विगतबाट केही कुराको सिक लिने
५. आफुलाई जस्तै दुख अरुलाई पनि पर्छ भन्ने सोच आदि ।
ङ) देवीरामको जस्तो चरित्र निर्माण गर्न हामिले के गर्नुपर्छ ? लेख ।
उत्तर : देवीरामको जस्तो चरित्र निर्माण गर्न हामिले असल मान्छेको अनुसरण गर्ने, असल उद्देश्यले समाज सेवाको भावना लिएर काम गर्ने जस्ता कामहरु गर्नुपर्छ ।
Comments
Post a Comment